पोखरा ।
गण्डकी प्रदेश सभा सभामुका लागि पुस ३० गते निर्वाचन हुने भएको छ । प्रदेश सभाको आजको बैठकमा सभामुखको भूमिका निर्वाह गरिरहेका जेष्ठ सदस्य मित्रलाल बस्यालले भोलि शनिबारका लागि सभामुखको निर्वाचन घोषणा गरेका हुन् ।
शनिबार ३ बजेका लागि बस्यालले समय तोकेका छन् । प्रदेश सभा नियमावली २०७४ को दफा ४ को उपदफा १ बमोजिम सभामुखको घोषणा गरेका हुन् ।












