काठमाडौं ।
नेकपा एमाले त्यागेर स्वतन्त्र बनेका नेता घनश्यामल भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि निर्मम आरोप लगाउँदै नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । एमाले छोडेको तीन महिनापछि भुसालले ओलीको तीव्र आलोचना गरेका छन् ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी भुसालले नेकपा एक असाध्यै राम्रो ठाउँमा रहेको र ओलीवादविरुद्ध विद्रोह गरेको हुनाले आफूले नेकपाको खास उत्तराधिकारीका रुपमा ग्रहण गरेको बताए ।
ओलीबारे टिप्पणी गर्दै भुसालले भने( ओलीवाद, ओली विचार र ओली संगठनसँगको विचाराधारात्मक संघर्षपछि मैले नेकपा एसमा आफ्नो सदस्यता नवीकरण गरेको हुँ । त्यहाँ एमालेमा संगठन कस्तो हुन्छ भन्दा सौराहा काण्ड देखिएकै हो । सिद्धान्त के हो भन्दा राज्य र पार्टी सबै मेरा चाकर हुन् । विचार के हो भन्दा सर्वत्र म । ज्ञान, विज्ञान र तर्कमाथि ओलीवाद हाबी भएका कारण कम्युनिस्ट आन्दोलन अप्ठेरोमा परेको हो ।
भुसालले केपी ओलीका कारण मुलुकले दुःख पाएको भन्दै अब नेकपा एस कसैको विशेषाधिकार नभएको लोकतान्त्रिक पार्टी बन्ने बताए । उनले ओलीले राजनीतिलाई षडयन्त्र र झुट फरेबी हो भन्ने ठाउँमा पुर्याएको आरोप लगाए ।












