गण्डकीका मुख्यमन्त्री अधिकारीको आग्रह : केन्द्रमा जस्तै मिलेर अगाडि बढौं

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले केन्द्रमा सबै दल मिलेर अगाडि बढेजस्तै गण्डकी प्रदेशमा पनि सबै मिलेर जाँदा उपयुक्त हुने बताएका छन् । शुक्रबार विश्वासको मत लिनु अगाडि प्रदेशसभामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

विपक्षी दल कांग्रेसलाई मन मात्र नभई सरकारको पक्षमा विश्वासको मत दिन आग्रह गदै उनले विकास र समृद्धिको यात्रामा सबैसंगै रहने विश्वास प्रकट गरे ।

आफू मध्यम बर्गीय किसान परिवारबाट आएकाले आफ्नो धरातल नविर्सने बताएका उनले आफू सेती नदी जस्तै निस्चल रहेको बताए । ‘ मध्यम किसान परिवार बाट जन्मेर बेदाग भएर उभिएको छु । इमान र निष्ठामा सेती नदी जस्तै निस्चल भएर बग्छु । सरकारलाई पनि त्यहीढंगले अगाडि बढाउँछु’ उनले भने, ‘प्रतिपक्षी दलको नेता (सुरेन्द्र पाण्डे) ले मन दिएको बताउनुभयो । मेरो अग्रह छ । मत पनि दिनुहोस् । प्रदेशको समृद्धिका लागि संगै छौं भन्नुभएको छ । यहि मर्म अनुरुप अगाडि बढ्छु ।’

मुख्यमन्त्री अधिकारीले साधन स्रोतका कारण चुनौती रहेकाले सबै एकजुट हुनुपर्ने धारणा राखे । उनले प्रदेशको संबृद्धिको सवालमा पक्ष विपक्षी हुँदैनौं भन्ने विपक्षीको भनाई प्रति सम्मान प्रकट गर्दै संगै हिँड्न अग्रह गरे ।

  • २९ पुष २०७९, शुक्रबार १४:४२ प्रकाशित