आज नेकपा एस प्रवेश गर्दै घनश्याम भुसाल

केन्द्रभाग मिडिया

काठमाडौं ।

एमाले त्यागेर स्वतन्त्र बनेका नेता घनश्याम भुसाल आज नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्दैछन्। त्यसका लागि एकीकृत समाजवादीले आज पार्टी प्रवेश कार्यक्रम राखेको छ ।

सो पार्टीका अनुसार भुसाललाई स्वागत गर्न शंखमुलस्थित होटल अर्यालयमा दिउँसो २ कार्यक्रम राखिएको हो । कार्यक्रममा पार्टीका शीर्ष नेताहरुको उपस्थिति रहने बताइएको छ ।

एमालेबाट निर्वाचन टिकट नपाएपछि भुसालले रुपन्देहीमा स्वतन्त्र उम्मेदवार दिएर संघीय निर्वाचन लडेका थिए । तर, उनी पराजित भएका थिए ।

  • २९ पुष २०७९, शुक्रबार ०८:५७ प्रकाशित