विश्वासको मत दिन कांग्रेससंग खगराज अधिकारीको आग्रह

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले नेपाली कांग्रेससंग विश्वासको मत मागेका छन् । बिहिबार औपाचारीक पत्र पठाएर अधिकारीले कांग्रेससंग विश्वासको मत मागेका हुन् । अधिकारीले भोलि शुक्रबार विश्वासको मत लिदैछन् । विश्वासको मत लिनका लागि प्रदेश सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

३३ जना प्रदेश सभा सदस्यको समर्थन सहित मुख्यमन्त्री बनेका अधिकारीलाई विश्वासको मत पाउन सहज छ । अधिकारीले नेपाली कांग्रेस वाहेक प्रदश सभामा प्रतिनिधित्व गर्ने सबै दलको मत पाउने सम्भावना छ । अधिकारीको पक्षमा एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थन छ ।

मुख्यमन्त्री नियुक्त भए लगत्तै राजधानी गएर एमाले अध्यक्ष केपी शर्मा ओलाी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर फर्केका अधिकारीले विश्वासको मत लिए पछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

भोली बिहान ९ बजे संसदीय दलको बैठक बसेर मत दिने नदिने निर्णय कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले जानकारी दिए ।

  • २८ पुष २०७९, बिहीबार १७:३४ प्रकाशित