कारको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु

केन्द्रभाग मिडिया

काठमाडौंको टोखा नगरपालीका–६ धापासी डाँफे कोलनी नजिकै कारको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु भएको छ ।

कारको ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारका क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स्थानीय प्रियान्स उप्रेती रहेका छन् ।

मंगलबार दिउँसो ३ बजे प्रदेश १ ०२१ च २९५६ नम्बरको कारले प्रदेश २ ०३५ प ०५२० नम्बरको स्कुटरलाई ठक्कर दिंदा पछाडी सवार बालक गम्भीर घाइते भएका थिए । कार सहित चालकलाई प्रहरी वृत्त महाराजगञ्जले नियन्त्रणमा लिएको छ ।

  • १ असार २०७९, बुधबार ११:४७ प्रकाशित