काठमाडौं । पार्टी त्यागेका उद्धव पौडेल र चन्द्रबहादुर गुरुङ अन्तत् राप्रपामा फर्किएका छन् ।
कमल थापा नेतृत्वको राप्रपा नेपालबाट अलग भएका उनीहरु राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपामा फर्किएका हुन् ।उनीहरुलाई राप्रपा अध्यक्ष लिङ्देनले सोमबार पार्टीमा स्वागत गरेका राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।
कमल थापाले राजसंस्था नबोक्ने बताएपछि र स्थानीय चुनावमा एमालेसँग सहकार्य गर्ने नीति लिएपछि पौडेल र गुरुङ असन्तुष्ट बनेका थिए ।
महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि थापाले राप्रपा नेपाल व्युँताएका थिए । त्यतिबेला पौडेल र गुरुङले थापालाई साथ दिएका थिए । तर गत वैशाखमा उनीहरु राप्रपा नेपालबाट अलग भएका थिए ।
पौडेल राप्रपा नेपालको केन्द्रीय उपाध्यक्ष र गुरुङ केन्द्रीय कोषाध्यक्षको जिम्मेवारीमा थिए ।