पेट्रोलियम ढुवानी व्यवसायीको चेतावनी : २५ गतेबाट ढुवानी रोक्छौं

केन्द्रभाग मिडिया

काठमाडौं ।

बारम्बार आन्दोलनमा उत्रिदै आएका पेट्रोलियम ढुवानी व्यवसायीले फेरि आन्दोलनको घोषणा गरेका छन् ।

ढुवानी व्यवसायी महासंघले ढुवानी भाडा वृद्धिको माग गर्दै फेरि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । महासंघले तत्काल भाडा वृद्धि नभए २५ भदौबाट पेट्रोलियम ढुवानी रोक्नेसहितको आन्दोलन घोषणा गरेको हो । बुधबार बसेको महासंघको बैठकले यस्तो निर्णय गरेको महासंघले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

‘तत्काल ढुवानी भाडा वृद्धिको निर्णय नगरिए आन्तरिक तथा वाहृय दुवै प्रकारको पेट्रोलियम ढुवानी २५ गतेबाट रोक्ने निर्णय गरेका छौं,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

महासंघले २४ गतेसम्म भाडा वृद्धि नगरिए २५ गतेबाट आन्तरिक तथा वाह्य दुवै प्रकारका पेट्रोलियम ढुवानीको अग्रिम ढुवानी अनुमति नलिने र असोज एक गतेबाट देशभरको ढुवानी ठप्प बनाउने जनाएको छ।

ढुवानी भाडा वृद्धिका लागि यसअघि चार पटक आन्दोलन गरिएको र त्यसमा निगमले पटक पटक सहमति जनाएर पनि कार्यन्वयन नभए पछि पाँचौं पटक आन्दोलनको घोषणा गर्नुपरेको महासंघको भनाइ छ । निगमले ढुवानी भाडा बढाउन यस अघि ९ पटक समझदारी गरेर पनि पुरा नगरेको महासंघको आरोप छ ।

  • २२ भाद्र २०७९, बुधबार १७:१२ प्रकाशित