ताल प्राधिकरणका कार्यकारी अधिकृत देवकोटाले लिईन् सपथ

केन्द्रभाग मिडिया

पोखरा ।

राष्ट्रिय ताल प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिृकत डा. कल्पनादेवि देवकोटाले आज पद तथा गोपनियताको सपथ लिएकी छन् ।

डा. देवकोटालाई गण्डकी प्रदेशका वन, वातावरण तथा भू संरक्षण मन्त्री दीपक थापाले बुधवार पद तथा गोपनियताको सपथ गराएका हुन् । गोर्खाको पालुङ्टार स्थायी घर भएकी देवकोटाले अष्ट्रेलियाको भियनामा विद्यावारिधी अध्ययन गरेकी हुन् ।

गण्डकी प्रदेशको ताल संरक्षण तथा विकास प्राधिकरण ऐन २०७५ अनुसार देवकोटालाई नियुक्त गरिएको हो । सो ऐनमा कार्यकारी अधिकृतको लागि मान्यता प्राप्त विश्वविद्यालयबाट वन तथा जलाधार व्यवस्थापन, वा प्राकृतिक स्रोत व्यवस्थापन, प्रााणीशास्त्र, वनस्पति शास्त्र वा वातावरण विषयमा स्नातकोत्तर गरी १० वर्षको अनुभव प्राप्त हुनुपर्ने वा सोही विषयमा विद्यावारिधी उपाधी हासिल गरी पाँच वर्षको अनुभव प्राप्त उम्मेदवार हुनुपर्ने प्रावधान राखिएको छ ।

अधिकृतको पदावधी चार वर्षको रहेको छ । प्रदेश सरकारले आवश्यक ठानेमा र मुनासिव लागेमा यो पदावधि अर्को एक कार्यकालसम्म लम्बिन सक्ने ऐनमा व्यवस्था गरिएको छ ।

यस अघिका कार्यकारी अधिकृत डा.अनुप गुरुङको कार्यकाल सकिएपछि करिब १ वर्षदेखि प्राधिकरण नेतृत्वविहीन थियो ।

देवकोटालाई पद तथा गोपनियताको सपथ पछि मन्त्री थापाले प्रदेशका ताल तथा सिमसारको संरक्षणका लागि योजनावद्ध ढंगले काम गर्न सुझाव दिए । उनले सरोकारवालाहरुसँग बलियो सम्बन्ध र समन्वय गर्दै अगाडी बढेमा सफल हुने विश्वास व्यक्त गरे ।

मन्त्रालयका सचिव बद्रिराज ढुँगानाले काम गर्ने क्रममा कतिपय प्रकृयागत अस्पष्टता आउन सक्ने जानकारी दिँदै, मासिक कार्ययोजना बनाएर काम गर्न निर्देशन दिए । उनले ताल तथा सिमसार संरक्षणको सवाल गम्भीर सवाल भएको हुनाले यसलाई चुनौतीपूर्ण रुपमा लिन सुझाव समेत दिए ।

  • २२ भाद्र २०७९, बुधबार १६:४३ प्रकाशित