बुटवल।
पाल्पामा पहिरो खसेपछि सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खयड अवरुद्ध भएको छ । तिनाउ गाउँपालिका–३ सिद्धबाबामा मंगलबार बिहान पहिरो खसेको हो । पहिलो पछि राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
सडकमा ठूला–ठुला ढुङगा खसेका छन् । सडक खुलाउन डोजर प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विरेन्द्र थापाले जानकारी दिए ।













