यी सात क्यासिनोलाई मेयर बालेनको चेतावनी : ७ दिनभित्र कर नतिरे कारबाही

केन्द्रभाग मिडिया

काठमाडौं ।

अनधिकृत संरचनालाई हटाउन तीव्र लागि परेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सात क्यासिनोलाई ताकेता गर्दै चेतावनी दिएका छन् । ७ दिनभित्र कर तिर्न अल्टिमेटम दिदै नतिर कारबाही गर्ने चेतावनी दिएका हुन्।

आइतबार एक पत्र पठाउँदै महानगर पालिकाले होटल म्यारियटको डेल्टीन, होटल अन्नपूर्णका क्यासिनो प्यालेस, हाटल र्‍याडिसनको क्यासिनो र्‍याड, होटल हायातको प्राइड इन्टरनेश्नल एण्ड रिक्रिएशन, हाटल सोल्टीको माजोङ्ग र मल्ल होटलको बेली क्यासिनोलाई कर तिर्न भनेको हो ।

बागमती प्रदेशको आर्थिक ऐनले तोकेको क्यासिनो प्रवेशको मनोरन्जन कर पटक पटक ताकेता गर्दा पनि नति सम्बन्धित संस्थाहरुको ४ वर्ष देखि नतिरेको महानगरको राजश्व विभागले जनाएको छ ।

  • १९ भाद्र २०७९, आईतवार १६:५९ प्रकाशित