काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वटा विधेयक प्रमाणीकरण गरेकि छन्।
संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएका नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक र ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए।
भण्डारीले संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेकि हुन्।














