काठमाडौं ।
पार्टीका नेता एवं सांसद प्रदीप गिरीको निधनपछि नेपाली कांग्रेसको आकस्मिक बैठक बसेको छ । पार्टी मुख्यालय सानेपामा बसेको बैठकले गिरीको निधनमा दुस्ख जनाउँदै शोक प्रस्ताव पारित गरेको छ ।
दिवंगत नेता गिरीप्रति उच्च सम्मान प्रकट गर्दै कांग्रेसले आजदेखि ३ दिनसम्म केन्द्रीय र मातहतका सबै कार्यालयहरूमा पार्टी झण्डा आधा झुकाउने तथा शोक श्रद्धाञ्जलीका कार्यक्रम बाहेक पार्टीका अरु सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ ।
त्यस्तै भोलि केन्द्र तथा मातहतका सबै कार्यालय बन्द गर्ने, १३ औं दिन ९भाद्र १६ गते० सम्म केन्द्र र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने र सोही दिन केन्द्र र सबै जिल्लामा शोक सभाको आयोजना गर्ने कांग्रेसले जनाएको छ ।
‘सबै किसिमका निरंकुशताविरुद्ध प्रखर वैचारिक संघर्षमा होमिएका गिरी पटक(पटकका लोकतान्त्रिक आन्दोलनहरूमा वैचारिक र सांगठनिक अग्रणी भूमिका निभाउने क्रममा पटक(पटक जेल र निर्वासनमा रहेका थिए ।













