एमाले उपाध्यक्ष पाण्डेको आकलन : निर्वाचन पछि कांग्रेस सरकारमा, बामपन्थी दलहरु सडकमा

केन्द्रभाग मिडिया

पोखरा ।

नेकापा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले मंसिरको निर्वाचन पछि देश झन अप्ठ्यारो अवस्थामा जाने बताएका छन् । प्रेस चौतारी कास्कीले आज पोखरामा गरेको पत्रकार सम्मेलनमा बोल्दै पाण्डेले आउने चुनाव कुनै पनि पार्टीको बहुमत नहुने र एक पछि अर्को सरकार परिवर्तन हुने परिस्थिति सृजना हुदैँ गएको बताए ।

कमसेकम आउने पाचँ वर्ष यस भन्दा अगाडी भएको पोलिटिकल अस्थिरता यसले समाधान गर्न सक्यो भने मात्र देशले नयाँ समाधान लिएर आउसक्थ्या तर, परिस्थिति आउने चुनावले पनि बहुमतको सरकार नहुने र कमसेकम दुई÷ तिवटा सरकार बन्ने सम्भावना बोकीरहेको छ, पाण्डेले भने ।

सत्तामा रहेका गठबन्धन दलहरु जसरी बार्ता अगाडी बढिरहेको छ, यसले चुनावमा कुनै एक दलको बहुमत नहुने र दलहरुभित्र खिचातानी हुने सम्भावना बढेको छ । यसले अहिलेको फ्रस्टेसन घटाउने भन्दा फ्रस्टेसन जारी राख्ने पाण्डेले बताए ।

यो गठबन्धनले मुलुकको अहिलेको समस्या सामाधन गर्न नसक्ने र गठबन्धनले निर्वाचन पछि देशलाई थप संकट तर्फ लिएर जानसक्ने सम्भावन रहेको उनले औल्याए ।

गठबन्धन भित्रको सिट वाडफाडको दावी हेर्दा निर्वाचन पछि बामपन्थी भन्ने दलहरु सडकमा पुग्न सक्ने उनले आकलन गरे । कांग्रेसले कम्युनिष्ट वाहेक बहुमत पुर्याउने गरि गठबन्धनमा तालमेल गर्न खोजेको पनि उनले बताए । त्यो पनि स्थिति भएन भने बामपन्थीदलसंग मिल्न पर्ने अवस्था आयो भने पनि ठुलो दलका हिसावले कांग्रेसबाट नै होला प्रधानमन्त्री हुने, दुईवर्ष पछि तलाई नेतृत्व दिउला भने पनि नदिने स्थिति भयो भने के हुन्छ होला ? यस्तो हुने गरेकै छ नेपालमा उनले भने ।

अहिले दुइवटा कुरासंग एकसाथ लड्नुपरेको उनले बताए । एकातर्पm पार्टी विभाजन र अर्को तर्फ एमालेकाविरुद्धमा गठबन्धन बनेका कारण २०५६ सालमा भन्दा अप्ठ्यारो अवस्थामा रहेको उनले बताए । एमाले अनेकौ अप्ठ्याराको बिच निर्वाचनको तयारीमा रहेको पनि उनले बताए । यी दुई चुनौतिहरुलाई गम्भिरतापूर्वका एनलाइसिस गरेका छौँ र यसबाट पर्न सक्ने प्रभावका वारेमा स्टडी गरेका छौँ, यसलाई परास्त गर्ने भन्ने प्रयासमा पनि हामी छौ । यसलाई परास्त गर्नुको विकल्प छैन, पाण्डेले भने ।

  • ५ भाद्र २०७९, आईतवार १३:३६ प्रकाशित