माओवादी बैठक  : टुंगिएन पदाधिकारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

आज पदाधिकारी टुंग्याउने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक विना निष्कर्ष सकिएको छ । आजको बैठक आसन्न प्रदेश र केन्द्रीय कमिटी बैठकमा केन्द्रित भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

‘पदाधिकारीको विषय, कार्यक्रमको विषयमा विस्तृत र गम्भीर छलफल भयो । तर, पदाधिकारीको विषय अहिलेसम्म मूर्तरूपले टुंगिएन,’ महराले भने, ‘भोलि १ बजे फेरि बस्ने गरी आज टुंगिएको छ । छलफल लगभग टुंगिएको छ । खाली अन्तिम निष्कर्ष मात्रै बाँकी हो ।’

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यव्यस्तताले आज टुंग्याउन नसकिएको उनको भनाइ थियो ।

  • ३ भाद्र २०७९, शुक्रबार १६:५२ प्रकाशित