एक सचिव पदका लागि तीनजनाको नाम सिफारिस

केन्द्रभाग मिडिया

काठमाडौं ।

रिक्त रहेको एक सचिव पदका लागि तीनजनाको नाम सिफारिस भएको छ ।बढुवा सिफारिस समितिले सहसचिवहरु घनश्याम उपाध्याय, नारायण शर्मा दुवाडी र दिनेश घिमिरेको नाम सिफारिस गरेको हो ।

अब बस्‍ने मन्त्रिपरिषद् बैठकले यी तीनमध्ये एकजनालाई सचिवमा बढुवा गर्नेछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लक्ष्मण अर्यालको अवकाशपछि एउटा सचिव पद रिक्त थियो ।

  • ३ भाद्र २०७९, शुक्रबार १४:५६ प्रकाशित