यस्तो छ हर्क साम्पाङको सय दिने कार्य विवरण(सूचीसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले सय दिनमा गरेका कामको सूची सार्वजनिक गरेका छन् । १३ बुँदामा प्रगति विवरण सार्वजनिक गरेका उनले पहिलो बुँदामा नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरेको उल्लेख गरेका छन् ।

आफ्नो आधिकारिक फेसबुक एकाउन्टमार्फत उनले सार्वजनिक गरेको कार्य विवरणमा ४ ठाउँबाट खानेपानीको मुहान थपेको, व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएको र ६ लाख विरुवा रोपेको उल्लेख छ ।

यस्तो छ साम्पाङले सार्वजनिक गरेको कार्य विवरण
१. नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरें !
२.४ ठाउँबाट खानेपानीको मुहान थपे !
३. व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाए !
४. ६ लाख विरुवा रोपे !
५. सरसफाइमा देखिने सुधार ल्याएँ !
६। प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ !
७. जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालें !
८. बाटो मर्मत सम्भार तथा तटबन्धन, विपद व्यवस्थापन !
९. लागु औषध विरुद्धको अभियान शुरु गरें !
१०.योजनाहरुका लागि बजेटको जोहो !
११. पारदर्शी हिसाब किताब सार्बजनिक गरें !
१२.पालिकाका सेवामा तीब्रता र प्रष्टता ल्याइदिएँ !
१३. शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएँ !

  • २ भाद्र २०७९, बिहीबार १०:०४ प्रकाशित