काठमाडौं ।
सरकारले आज (बुधबार १ भदौ) देखि सिंहदरबारभित्र विद्युतीय चुलो अनिवार्य गरेको छ । आज देखि ग्यास सिलिन्डर लिएर पस्न प्रतिबन्ध लगाएउँदै सरकारले विद्युतीय चुलो अनिवार्य गरेको हो ।
अर्थमन्त्री जनार्दन शर्माले १५ जेठमा बजेट भाषणमा सिंहदरबारभित्र ग्यास सिलिन्डर हटाएर विद्युतीय चुलो प्रयोगमा ल्याउने घोषणा गरेका थिए । सो घोषणाअनुसार साउन मसान्तभित्र सिंहदरबारभित्र रहेका सरकारी निकायदेखि क्यान्टिनहरू सबैले अनिवार्य विद्युतीय चुलो जडान गरिसक्नुपर्ने थियो ।
बुधबार बिहानदेखि सिंहदरबारको गेटमा रहेका सुरक्षाकर्मीले चेक गर्ने, सिलिन्डर भए गेटबाटै फर्काउने गरेको छ । गेटमा रहने सुरक्षाकर्मीलाई ग्यास सिलिन्डर छिर्न नदिन गृह मन्त्रालयको आदेश छ ।













