एमालेले फेर्‍यो कास्की इन्चार्ज, थापालाई जिम्मेवारी

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा एमालेको सचिवालय बैठकले कास्कीको इन्चार्ज परिवर्तन गरेको छ । । आज बसेको सचिवालय बैठकले केन्द्रीय सदस्य कृष्ण थापालाई एमाले कास्कीको इन्चार्जको तोकेको छ ।

प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले इन्चार्ज परिवर्तन वारे जानकारी दिए । थापा पोखरा महानगरमा एमालेको तर्फबाट प्रत्यासी थिए । उनी गठबन्धनका उम्मेदवारसग पराजित भएका थिए ।

यसअघि केन्द्रीय सदस्य भीम कार्की कास्कीको इन्चार्ज थिए । कार्कीलाई कास्की इन्चार्जबाट हटाएर भूमि व्यवस्था विभागको उपप्रमुखको जिम्मेवारी दिइएको छ ।

  • २६ श्रावण २०७९, बिहीबार १९:१५ प्रकाशित