पछिल्लो २४ घण्टामा फेरि एक संक्रमितको ज्यान गएको छ । केही हप्तादेखि कोरोना संक्रमणदर उकालो लाग्न थालेसँगै मृत्यु हुनेको संख्या पनि थपिन थालेको छ ।
यस्तै नेपालमा थप ४ सय ५७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ४ हजार ६५१ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३८६ तथा एन्टिजेन विधिबाट ७१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।













