कास्कीको धम्पुस आसपास केन्द्रविन्दु भएर ४.९ म्यग्निच्युडको भूकम्प

केन्द्रभाग मिडिया

पोखरा ।
कास्कीको धम्पुस आसपास केन्द्रविन्दु भएर आज विहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रको रेकर्ड अनुसार बिहान ३ : ५६ बजे ४.९ म्यग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का कास्कीसहित स्याङ्जा, तनहुँ, लमजुङ, पर्वत र बागलुङसम्म महसुस भएको जनाइएको छ ।

भूकम्पका कारण कुनै प्रकारको क्षति भएको विवरण नआएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।

  • ९ असार २०७९, बिहीबार ०७:४४ प्रकाशित