महानगरको नीति तथा कार्यक्रम : पृथ्वीचोकमा फ्लाइ ओभर, अण्डरपास र पोखरा चक्रपथ बनाउन सम्भाव्यता अध्यन

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरले पोखराको पृथ्वीचोकमा पृथ्वीचोकमा अण्डरपास तथा फलाइ ओभरको सम्भाव्यता अध्यन गर्ने भएको छ । बुधबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम नगरसभामा पेश गदै नगर प्रमुख धनराज आचार्यले बढ्दो ट्राफिक जामलाई मध्यनजर गदै पृथ्वीचोकमा अण्डरपास र फ्लाइ ओभरको सम्भाव्यत अध्यन गरिने जानकारी दिए ।

यस्तै आचार्यले आगामी आर्थिक वर्ष पोखरा चक्रपथ निर्माणको लागि विस्तुत अध्यन गरिने बताएका छन् । प्रदेश सरकारको समन्वयमा ट्राफिक व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाईने र सार्वजनिक पार्किङ स्थलको उचित व्यवस्थापन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

ग्रेटर पोखराको अवधारणा पत्र तयार पारी सर्वाजनिक गरिने आचार्यले सभामा जानकारी दिए । आगमी दुइवर्षभित्र टेलिफोनका तार र अन्य तार हटाई भूमिगत अप्टिकल फाइबर जडान गरिने र विधुत प्राधिकरणको साझेधारीमा विजुलीका तार भूमिगत गरी सहरी जोखिम न्युन र सुन्दरता बढाइने प्रमुख आचार्यले नीति तथा कर्याक्रममा समेटेका छन् ।

  • ८ असार २०७९, बुधबार १४:३० प्रकाशित