कास्की रेडक्रसको ३८ औँ साधारण सभा : ‘मानवीय सेवामा रेडक्रसको भूमिका महत्पूर्ण’

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाल रेडक्रस सोसाइटी कास्कीको ३८ औ साधारण सभा सम्पन्न भएको छ । जिल्ला सभापति डोलराज पाण्डेको अध्यक्षतामा भएको उद्याटन सत्रको कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. डुकबहादुर क्षेत्रीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि क्षेत्रीले कास्की रेडक्रसले मानवीय सेवामा गरेको योगदानको प्रशंसा गरे । क्षेत्रीले रक्तसंचार सेवा, एम्बुलेन्स सेवा र विपद्का बेला रेडक्रसले गरेका कार्यको प्रशंसा गरेका हुन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रदान गर्ने स्वास्थ्य सेवालाई सहज रुपमा रक्त तत्व उपलब्ध गराएर रेडक्रसले महत्वपूर्ण सहयोग गरेको बताए ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति कास्कीका उपप्रमुख सरिता कुमालले जनतालाई दुखः पिर परेको बेला सहयाग गर्ने संस्थाको रुपमा कास्की रेडक्रस स्थापित भएको बताइन् ।

रेडक्रस गण्डकीका सभापति सूर्यप्रसाद ढकालले स्थानिय तहहरुले विपद् व्यवस्थापनका लागि बजेट र कार्यक्रम ल्याउनुपर्ने बताए ।
पोखरा महानगरपालिका वडानम्बर ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीले नवनिर्वाचित टिम विपद् व्यवस्थापनका लागि आवश्यक कार्यक्रम ल्याउन प्रतिवद्ध रहेको बताए ।

कार्यक्रममा भर्खरै सम्पन्न स्थानिय तहको निर्वाचनमा निर्वाचित रेडक्रसकर्मीलाई सम्मान गरिएको थियो ।

 साधारण सभामा महामन्त्री धर्मराज अधिकारीले वार्षिक प्रगति प्रतिवेदन पेश गरेका थिए । अधिकारीले विपद् पश्चात प्रतिकार्यका लागि रेडक्रस संजाल तयारी अवस्थामा रहेको बताए । त्यसका लागि एक सय परिवारका लागि तत्काल सहयोग गर्न सक्ने अवस्था रहेको उनले जानकारी दिए । त्यस्तै कास्की रेडक्रसले विपद् पूर्वतयारी स्वरुप ३० लाख रुपैया मुद्धति खातामा राखिएको र सबै उपशाखामा ३० हजार देखी २ लाखसम्म राहात कोष खडा गरेको जनाएको छ ।

यस वर्ष विपद्मा परेका २६९ परिवारलाई राहात उपलब्ध गरेको रेडक्रसले जनाएको छ । ३२६ वटा रक्तदाता संस्थाबाट कुल १७ हजार ५७८ युनिट रगत संकलन गरिएको मन्त्री अधिकारीले जानकारी दिए ।

रुपा गाउँपालिका ७ हंसपुरमा रामकोट काउरे सोलार लिफ्टिङ खानेपानी परियोजना सम्पन्न गरी हस्तान्तरण गरिएको , सुधारिउको चुलो कार्यक्रम अन्नपूर्ण गाउँपालिकाा सल्यानका २ वटा समुदयमा प्रारम्भ गरिएको अधिकारीले सो अवसरमा जानकारी दिए ।

उद्याटन सत्रको सद्याटन गदै रेडक्रस कास्कीका सभापति एवं कार्यक्रममा अध्यक्ष डोलराज पाण्डेले कोभिड–१९ संक्रमणले उत्पन्न महामारीको अवस्थामा पनि रेडक्रसले आफ्ना प्राथमिकताहरुलाई निरन्तरता दिदै कुशल व्यवस्थापन गरेको बताए ।

कास्की रेडक्रसको गौरवको योजनाका रुपमा अध्याधुनिक रक्त संचार भवनको निमाइण कार्यले तिव्रता पाएको र निर्माण अन्तिम चरणमा पुगेको पाण्डेले बताए ।

  • ४ असार २०७९, शनिबार १३:१५ प्रकाशित