पोखरा ।
नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि तय गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज यूके पाउण्ड र यूरोको भाउ बढेको छ ।
आज बेलायती पाउण्ड एकको खरिददर १५३ रुपैयाँ २० पैसा र बिक्रीदर १५३ रुपैयाँ ९४ पैसा रहेको छ । हिजो बेलायती पाउण्ड एकको खरिद दर १५१ रुपैयाँ ३३ पैसा र बिक्री दर १५२ रुपैयाँ ०५ पैसा रहेको थियो।
आज युरो एकको खरिद दर १३१ रुपैयाँ ०४ पैसा र बिक्री दर १३१ रुपैयाँ ६७ पैसा रहेको छ।
आज एक अस्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ १२ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५४ पैसा रहेको छ । आज अमेरिकी एक डलरको खरिद दर १२४ रुपैयाँ ६२ पैसा र बिक्री दर १२५ रुपैयाँ २२ पैसा रहेको छ।
यस्तै सिंगापुर डलरको खरिददर ८९ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९० रुपैयाँ ३६ पैसा रहेको छ। १० जापानी येनको खरिददर ९ रुपैयाँ २५ पैसा र बिक्रीदर ९ रुपैयाँ ३० पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १८ रुपैयाँ ६८पैसा छ । साउदी रियालको खरिददर ३३ रुपैयाँ २१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३७ पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ २२ पैसा र बिक्री दर ३४ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।