प्रतिनिधिसभा बैठक रोक्न एमालेको माग

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधिसभाको आजको(सोमबार)को बैठक रोक्न माग गरेको छ ।

किसानले मल नपाएको विषयमा छलफल गर्न बजेटमाथिको छलफल स्थगन माग गर्दै संसदमा प्रस्ताव लगेको एमालेले उक्त प्रस्तावमाथि छलफल भएपछि स्थगित भएको बैठक पुन सञ्चालन गर्न खोज्दा रोक्न माग गरेको हो ।

एमालेको प्रस्तावमाथि सोमबार नै प्रतिनिधिसभामा २ घण्टा छलफल भएको छ । एमालेको प्रस्तावमाथि छलफल सकिएपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए । त्यसपछिको बैठकमा मन्त्रीहरुले मन्त्रालयगत बजेटमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची थियो ।

सोमबार नै मन्त्रीहरुले जवाफ दिने र मंगलबार बजेट पारित गर्ने सरकारको तयारी छ । तर एमालेको प्रस्तावका कारण बजेट पारितको यसअघिको कार्यतालिका प्रभावित हुने भएको छ ।

  • ३० जेष्ठ २०७९, सोमबार १६:२७ प्रकाशित