जिसस कञ्चनपुरमा कांग्रेसको प्यान निर्विरोध चयन

केन्द्रभाग मिडिया

कञ्चनपुर ।
जिल्ला समन्वय समिति कञ्चनपुरमा नेपाली कांग्रेसको प्यान नै निर्वाचित भएको छ ।

कांग्रेसले जिससमा प्रमुखमा दुर्गादत्त बोहरालाई उठाएको थियो । अरु दलले उम्मेदवार नउठाए पछि बोहरा नेतृत्वको टिम निर्विरोध निर्वाचित भएको हो । उप्रमुखमा कांग्रेसकै राजकुमारी राना चयन भएको मुख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सदस्यहरुमा मोशन महना जयसिंह भण्डारी, लिला चौधरी, जयसिंह विष्ट, मोहन महता, विमला कुमारी सार्की, अन्जुदेवी राना रचन्द्रवती थापा निर्वाचित भएका छन् ।

  • २६ जेष्ठ २०७९, बिहीबार ११:०६ प्रकाशित