चीनको सांघाईमा फेरि फैलिदैं कोरोना संक्रमण : तीन दिनमा १७ जनाको मृत्यु

केन्द्रभाग मिडिया

चीन ।

चीनको सांघाईमा कोभिड संक्रमण फैलिन थालेको छ । आज बुधबार मात्र थप सात जनाको कोरोना संक्रमणबाट ज्यान गएको चिनियाँ समाचार संस्थाहरुले जनाएका छन् ।

योसँगै तीनदिनमा सांघाईमा कोभिडबाट मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । यसअघि सांघाईमा कोभिडबाट सोमबार तीन र मंगलबार सात जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य आयोगले जनाएको थियो ।

तीव्र रूपमा फैलिएको ओमिक्रोन भाइरसका कारण साढे दुई करोड जनसङ्ख्या भएको सांघाईमा सङ्क्रमितको सङ्ख्या दिनहुँ बढिरहेको छ । महामारीसँग जुध्न सरकारले कडा प्रतिबन्ध र सामूहिक परीक्षणको दायरा बढाएको छ ।

  • ७ बैशाख २०७९, बुधबार १०:४३ प्रकाशित