श्रीलंकामा प्रहरीले चलायो प्रदर्शनकारीमाथि गोली , १ को मृत्यु, २४ घाईते

केन्द्रभाग मिडिया

काठमाडौं ।

आर्थिक संकटमा परेको श्रीलंकामा प्रदर्शनकारीमाथि गोली चलेको छ।

इन्धनमा भएको मूल्यवृद्धि र अन्य दैनिक समस्याको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ र अन्य २४ जना घाइते भएका छन् ।

प्रदर्शनकारीलाई नियन्त्रण गर्न सक्ने अवस्था नरहेपछि त्यहाँ अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू लगाइएको छ ।इन्धनको मूल्यवृद्धिको विरोधमा मंगलबार आन्दोलनमा उत्रिएका प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले सुरुमा अश्रुग्यास प्रहार गरेको थियो । तर, प्रदर्शन नियन्त्रणमा नआएपछि प्रहरीले गोली चलाएको थियो ।

मृत्युपछि अन्य प्रदर्शनकारीले प्रहरी चौकी घेरेर ढुंगा प्रहार गरेका थिए ।

  • ७ बैशाख २०७९, बुधबार ०८:४९ प्रकाशित