कांग्रेसमा सहमति जुट्यो : पोखरा महानगर नेकपा एसले पाउने पक्का

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाली काँग्रेसले पोखरा महानगरपालिकामा मेयरको दाबी छाडेको छ ।सभापति शेरबहादुर देउवाले बालुवाटारमा गण्डकी प्रदेशबाट आएका नेताहरूसँगको छलफलपछि नेकपा एकीकृत समाजवादी पार्टीलाई पोखरा महानगर छाड्ने सहमति जुटेको हो ।

गठबन्धनको बाध्यता बुझदिन देवाले आग्रह गरे पछि पोखराबाट गएका नेताहरु पछि हटेका हुन् । देउवाले कास्कीका जिल्ला सभापति किशोरदत्त बराल, गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा र पूर्वमन्त्री कानुनमन्त्री यज्ञ थापालाई काठमाडौं बोलाएका थिए । सो उनीहरुले पोखराको समग्र अवस्थाका विषयमा सभापतिलाई ब्रिफिङ गरेका थिए ।

देउवाले भागबण्डाका क्रममा समाजवादीलाई पोखरा दिनुपर्ने बाध्यता सुनाएपछि उनीहरु पोखरा छाड्न सहमत भएको बताइएको छ ।
कांग्रेस नेताहरुले कांग्रेससंग ७० हजार भोट रहेकोभन्दै समाजवादीलाई दिदा व्यवहारीक नहुने बताएका थिए ।

  • ६ बैशाख २०७९, मंगलवार १६:४० प्रकाशित