‘हाइपरसोनिक’ विमान बनाउँदै चीन, तीन वर्षभित्र परीक्षण उडानको तयारी

केन्द्रभाग मिडिया

सीएनएन ।

चीनले हाइपरसोनिक विमान बनाइरहेको छ।

बेइजिङमा आधारित स्पेस यात्रासम्बन्धी कम्पनी लिङकङ टिआनशिङले प्रति सेकेन्ड १.६ किलोमिटरको गतिमा यात्रा गर्नसक्ने व्यावसायिक विमान बनाइरहेको सीएनएनले जनाएको छ। यो भनेको चीनको शाङ्घाई सहरबाट अमेरिकाको न्युयोर्कसम्म दुई घण्टामै पुग्न सकिने गति हो ।

हाइपरसोनिक विमान भनेको आवाजको गति भन्दा पाँच गुणा तेज रफ्तारमा यात्रा गर्न सकिने उडान हो । सो फर्मले अहिले नै प्रचारका लागि आकर्षक एनिमेटेड भिडियो सार्वजनिक गरिसकेको छ, जसमा यात्रुहरूले हेल्मेट या स्पेससुट नलगाई १२ वटा सिट भएको विमानमा यात्रा गरिरहेका छन् । यसको गति बढाउन दुईवटा ‘टाइटेनिक बुस्टर’ रकेट जडान गरिएको छ ।

यो विमान प्रति घण्टा ७ हजार किलोमिटरसम्म यात्रा गर्न सक्ने छ । कम्पनीको वेबसाइटकाअनुसार यसको पहिलो परीक्षण उडान अबको तीन वर्षमा सम्पन्न हुनेछ जसपछि २०३० सम्म आइपुग्दा विमानले पूर्ण रूपमा हाइपरसोनिक उडान सञ्चालन गर्ने छ ।

  • ६ बैशाख २०७९, मंगलवार १०:५६ प्रकाशित