पोखरा महानगरमा माओवादी केन्द्रबाट माझठानाका सुर्यप्रसाद तिवारी उपमेयरमा सिफारीस

केन्द्रभाग मिडिया

पोखरा ।

माझठानाका सूर्यप्रकास तिवारी नेकपा (माओवादी केन्द्र)बाट उपमयेर पदका लागि सिफारी भएका छन् । आज बसेको महानगर कमिटिको बैठकले  तिवारीलाई उम्मेदवार छनोट गरेको थियो । महानगर कमिटिका कोषाध्यक्ष समेत रहेका तिवारी उपमेयरका लागि सिफारीसमा परेका हुन् ।

तिवारी साविक माझठाना गाविस हाल पोखरा महानगर २८ वासी हुन् । माओवादीबाट तिवारीसगै उपमेयरका लागि गोमा ढकाल, सिर्जना त्रिपाठीे नाम सिफारिस गरिएको महानगर कमिटीका उपाध्यक्ष भानुभक्त अधिकारीले जानकारी दिए ।

माओवादीले आसन्न वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि पोखरा महानगरमा मेयरमा तीन र उपमेयरमा तीन जना सिफारीस गरेको हो ।
बैठकले मेयरका लागि बखानसिँह गुरुङ, विश्वप्रकाश लामिछाने र सीता खड्काको नाम पार्टीको प्रदेश कमिटीमा सिफारिस गरेको हो ।

  • ५ बैशाख २०७९, सोमबार १८:४३ प्रकाशित