एमाले केन्द्रीय कार्यालय र सचिवालय बैठक आजै

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा एमालेको केन्द्रीय कार्यालय र सचिवालय बैठक आजै बस्दैछ ।

स्थानीय तह निर्वाचन केन्द्रित एजेण्डाहरूमाथि छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक बस्न लागेको हो । सचिवालय बैठक अघि केन्द्रीय कार्यालय बैठक बस्ने भएको छ ।

केन्द्रीय कार्यालय बैठक सोमबार(अहिले) बिहान ११ बजे पार्टी कार्यालय थापाथलीमा बस्ने छ ।बैठकमा पार्टीका तर्फबाट बन्ने उम्मेदवार, चुनावी घोषणापत्र लगायतका विषयमा छलफल हुने एमाले नेताहरुले बताएका छन् ।

यस्तै साँझ ६ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सचिवालय बैठक बोलाइएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

रिजालले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीबाट जारी गरिने प्रतिबद्धतापत्र लगायतका विषयमा बैठकमा छलफल हुने बताएका छन् ।

  • ५ बैशाख २०७९, सोमबार ०९:०० प्रकाशित