गठबन्धनको बैठक बस्दै : भागबन्डाको सम्भावना न्यून

केन्द्रभाग मिडिया

काठमाडौं ।

मनोनयन दर्ता गर्न ६ दिनमात्र बाँकी रहँदा सत्ता गठबन्धनले महानगर र उपमहानगरपालिमा पनि सिटको भागवण्डा पनि मिलाउन सकेको छैन ।

भागबन्डा मिलाउन नसकेको सत्ता गठबन्धनको बैठक आज बस्दैछ ।अहिले बिहान ९ बजे बस्न लागेको बैठकले महानगर र उपमहानगरपालिकाको सिट बाँडफाँडको टुंगो लगाउने अपेक्षा गरिएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ ।

माओवादी केन्द्रले भरतपुर महानगरपालिकासँगै धरान, जितपुर सिमरा, हेटौंडा र घोराही उपमहानगरपालिकामा दाबी गरेको छ ।काँग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले ६ वटा महानगर र ११ वटा उप-महानगरपालिमा आआफ्नै अडान कायम राखेका छन् । एकीकृत समाजवादीले पोखरा महानगरमा दाबी गरेको छ । नेकपा माओवादी केन्द्रले एक महानगर र चार उपमहानगरपालिकामा दाबी गरेको छ ।

यस्तै जसपाले दुई महानगर र तीन उपमहानगरपालिका दाबी गरेको छ । तर काँग्रेसले सबै ठाउँमा दाबी गरेको छ ।निर्वाचन आयोगले वैशाख ११ र १२ गते मनोनयनका लागि छुट्याएको छ ।

  • ५ बैशाख २०७९, सोमबार ०८:३० प्रकाशित