श्रीलंकाले भन्यो : ‘विदेशी ऋण तिर्दैनौ’,विश्वव्यापी टिकाटिप्पणी

केन्द्रभाग मिडिया

काठमाडौँ ।

श्रीलंकाको अर्थ मन्त्रालयले विज्ञप्ति जारी गर्दै विदेशी ऋण नतिर्ने घोषणा गरेको छ। मन्त्रालयले आज विज्ञप्ति निकाल्दै आन्तरिक अवधिका लागि सबै ऋणहरूको सेवा निलम्बन गर्ने जनाएको छ ।

मंगलबार विदेशी ऋण नतिर्ने आशयसहित अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिलाई लिएर टिकाटिप्पणी भएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएएमएफ० ले अनुदान घोषणा गर्नुअघि नै श्रीलंकाले यसरी ऋण नतिर्ने जनाएको हो ।

यसैबीच श्रीलंकाले चीनसँग पनि थप ऋण सहायता माग गरेको छ । मंगलबार भने विज्ञप्ति जारी गर्दै विदेशी ऋण तिर्न नसक्ने जनाएको हो । अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार बाह्य ऋण तिर्ने दायित्वबाट श्रीलंका स्वतन्त्र रहेको बताइएको छ ।

श्रीलंकामा आर्थिक संकट चुलिएको छ । आर्थिक संकट हुदाँ श्रीलंकामा अति आवश्यक जन्य सामाग्री पनि जनताले पाएका छैनन् । यसकै विरोधमा दैनिक सर्वसाधारण नागरिकले प्रर्दशन गर्दै आएका छन् ।

  • २९ चैत्र २०७८, मंगलवार १७:१४ प्रकाशित