बझाङ पुगेर कार्यकर्तासँगै जब नाँचे ओली….

केन्द्रभाग मिडिया

काठमाडौं ।

चुनावी सभालाई सम्बोधन गर्न बझाङ पुगेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली कार्यकर्तासँग नृत्य गरेका छन्।

जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओली कार्यकर्तासँगै नाँचेका छन्। उनी कार्यकर्ताले गाएको गीतमा मञ्चमै कार्यकर्तासँगै नृत्य गरेका हुन्।

‘परमादेशमा गठबन्धन ढालौं, यसपालि त सूर्यमै भोट हालौं’ बोलको गीतमा ओलीले कार्यकर्तासँगै कम्मर मर्काएका हुन्।बझाङमा एमालेले दुई हजार बढी कार्यकर्तालाई पार्टी प्रवेश गराएको नेता ऐन महरले दाबी गरेका छन्।

  • २८ चैत्र २०७८, सोमबार १६:४५ प्रकाशित