रामनवमीको दिन भारतका चार राज्यमा झडप, एकको मृत्यु

केन्द्रभाग मिडिया

काठमाडौं ।

रामनवमीको अवसरमा भारतमा झडप भएको छ । भारतको विभिन्न चार राज्यमा रामनवमीको अवसरमा निकालिएको र्यालीमा साम्प्रदायिक झडप भएको हो। झडपमा परि गुजरातमा एकजनाको मृत्‍यु भएको छ ।

गुजरातको खाम्बात शहरमा भएको झडपमा अन्दाजी ६५ वर्षी य वृद्धको मृत्‍यु भएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । झडपका कारण खाम्बातका केही पसलहरुमा आगजनीसमेत भएको छ ।

यस्तै भारतको मध्यप्रदेशमा पनि साम्प्रदायिक झडप सुरु भएपछि हाल सेक्सन १४४ लागू गरिएको छ । गुजरात, मध्यप्रदेश सँगसँगै वेस्ट बेङ्गोल र झारखण्डमा पनि साम्प्रदायिक झडप भएको जनाइएको छ ।

  • २८ चैत्र २०७८, सोमबार १५:२८ प्रकाशित