पाकिस्तानका निवर्तमान प्रधानमन्त्री खानविरुद्ध पक्राउ आदेश जारी

केन्द्रभाग मिडिया

पाकिस्तानका निवर्तमान प्रधानमन्त्री इमरान खानविरुद्ध पक्राउ आदेश जारी भएको छ । प्रधानमन्त्री पदबाट हटेको २४ घण्टा नबित्दै उनीविरुद्ध पक्राउ आदेश जारी भएको हो ।

हिजो संसदमा विश्वासको मत गुमाएका खानविरुद्ध पाकिस्तानी सेनाले पक्राउ आदेश जारी गरेको पाकिस्तानी मिडियाले जनाएका छन् । सर्वोच्च अदालतले सदर गरेको विपक्षीहरूले ल्याइएको अविश्वासको प्रस्तावमाथि शनिबार मध्यरातपछि मतदान गरिएको थियो ।

यति मात्र नभई, सेनाले खान सरकारका मन्त्री तथा उच्च पदस्थ अधिकारीहरूलाई देश नछाड्न पनि आदेश दिएको छ। खान निवासमा आज बिहान छापा मारिएको छ । हिजो नै खान सरकारी निवास छाडी आफ्नो निवासमा आएका थिए ।

  • २७ चैत्र २०७८, आईतवार १३:५१ प्रकाशित