इजरायलको तेल अभिभमा भिषण हमला, दुई जनाको मृत्यु

केन्द्रभाग मिडिया

एजेन्सी ।
तेल अभिभमा गोली चल्दा २ जनाको मृत्यु भएको छ । भने, कयौं घाइते भएका छन् । विगत २ सातामा इजरायलमा भएको यस किसिमको हमला चौंथो हो । घटनाको केही घन्टाभित्रै इजरायलले आक्रमणकारीलाई मारेको पुष्टि गरेको छ । इजरायली अधिकारीलाई उद्धृत गर्दै समाचार एजेन्सी एएफपीले लेखेको छ, ‘हिजोको हमला गर्ने आतंकवादीलाई खोजेर मारिएको छ ।’

गोलीबारी तेल अभिभको डाइजनङगफ स्ट्रिटमा भएको थियो । जुन सबैभन्दा वयस्त स्थान मध्येको एक मानिदै आएको छ । बार र रेष्टुँरावाला क्षेत्र भएकाले यहाँ मानिसको आवतजावत पनि धेरै रहँदै आएको छ ।

इजरायलको आपतकालनि सेवाका प्रवक्ताका अनुसार हमलापछि घाइते भएका ९ जनालाई अस्पताल लगिएको थियो । जसमध्ये ४ को अवस्थामा गम्भीर छ । बिहीबार राति जारी गरिएको बयानमा इजरायलका प्रधानमनत्री नफ्ताली बेनेटले हमलामा मारिएका मानिसको परिवारप्रति समवेदना व्यक्त गर्दै भनेका छन्,‘इजरायली सुरक्षा सेवाले उक्त आतंकवादीको खोजी गरिरहेको छ, जसमा तेल अभिभमा यो हत्या गरेको थियो ।

  • २५ चैत्र २०७८, शुक्रबार १२:०३ प्रकाशित