श्रीलङ्कामा हटाइयो आपतकाल

केन्द्रभाग मिडिया

श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजपक्षेले मंगलबार अबेर राती देशव्यापी आपतकाललाई तत्कालका लागि हटाउने निर्णय गरेका छन् ।

देशको गहिरिँदो आर्थिक संकटका कारण सर्वसाधारणको हिंस्रक प्रदर्शनलाई मध्यनजर गर्दै १ अप्रिलमा देशका आपतकाल लागू गरिएको थियो ।

मंगलबार अबेर राती जारी सूचनामा राष्ट्रपतिले आपतकाल नियम अध्यादेश फिर्ता लिइएको बताएका छन् ।

  • २३ चैत्र २०७८, बुधबार १०:२५ प्रकाशित