काठमाडौं।
नेपाल आयल निगम स्वचालित मूल्य प्रणाली लागू गर्ने भएको छ। सरकारले भारतबाट जतिमा आउँछ त्यतिमै पेट्रोलियम पदार्थ (परल मूल्यमा) बिक्री गर्ने गरी स्वचालित मुल्य प्रणाली लागू गर्न लागेको हो । अन्तराष्ट्रिय बजारमा इन्धनको मुल्यमा निरन्तर बृद्धि भए पछि निगम ३५ अर्ब रुपैयाँ घाटामा गएको छ ।
नेपाल आयाल निगमको संचालक समितिको बैठकले निर्णय गरे पछि नयाँ मूल्य निर्धारण गर्ने निगमको तयारी छ । एक महिनाभित्र स्वचालित मूल्य प्रणाली लागू गर्ने अर्थमन्त्रीसहितको उच्च पदस्थ पदाधिकारी सम्मेलीत बैठकले निर्णय गरेको निगमका एक कर्मचारीले बताए ।
स्वचालित मुल्य प्रणाली लागू हुदाँ अहिलेको खरिद मुल्यको आधारमा पेट्रोलको मूल्य १८२ रुपैयाँ पुग्ने छ । यस्तै करिब डिजेलको १७१ रुपैयाँ पुग्ने छ।
खाना पकाउने ग्यासको मूल्य भने ठुलो अन्तर हुने छ । स्वचालित मुल्य लागू हुदाँ ग्यास २ हजार ५२८ रुपैयाँ ६६ पैसामा उपभोक्ताले खरिद गर्नुपर्ने छ । अहिले पेट्रोलको भाउ १५५, डिजेल १३८ र खाना पकाउने ग्यासको प्रति सिलिन्टर १५७५ रुपैयाँ छ।
निगमले सवारी साधानमा जोरबिजोर प्राणाली लागू गर्ने भने पनि सरकारले त्यसमा समर्थन जनाएको छैन । पछिल्लो समय पेट्रोलियम पदार्थको आयात मासिक ३० अर्ब रुपैयाँले भुक्तानी हुन थालेको छ। यसले विदेशी मुद्राको सञ्चिति घटाइरहेको छ । निगमको घाटा बढ्दो अवस्थामा छ ।