आज राष्ट्रसंघमा आपतकालीन बैठकलाई सम्बोधन गर्दै जेलेन्स्की

केन्द्रभाग मिडिया

काठमाडौं ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आज(मंगलबार) संयुक्त राष्ट्र संघमा सम्बोधन गर्ने भएका छन्।राष्ट्रपति जेलेन्स्कीले आज बस्ने संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपतकालीन बैठकलाई सम्बोधन गर्ने भएका हुन्।

युक्रेनमाथि रूसले गरेको आक्रमणबारे जानकारी गराउन राष्ट्रपति जेलेन्स्कीलाई सम्बोधन गर्ने लागेका हुन्।युक्रेनी नगर बुचामा भएको आमहत्याको अन्तर्राष्ट्रिय समुदायले निन्दा गरिरहेको बेला राष्ट्रतिले आम विश्वलाई जानकारी गराउने भएका हुन्।

जर्मनी, फ्रान्स, ब्रिटेन र नेटोका नेताहरूले युक्रेनको आमहत्याबारे स्तब्ध भएको प्रतिक्रिया दिएका छन् भने युरोपेली आयोगकी प्रमुखले रुसविरुद्ध थप प्रतिबन्धहरू लगाउने प्रतिबद्धता जनाएकी छन्।

सार्वजनिक भएको एक भिडिओमा सर्वसाधारणहरूको शव सहर र पछाडिका गल्लीहरूमा त्यसै छाडिएको र कतिपयका हात बाँधिएको देखिएको थियो।

जेलेन्स्कीले बुचामा भएको आम नागरिकको कथित हत्याको खुला र पारदर्शी अनुसन्धान हुनुपर्ने मागगर्दै आएका छन्।

  • २२ चैत्र २०७८, मंगलवार १०:३२ प्रकाशित