१३ छात्रालाई बलात्कार गरेका शिक्षकलाई मृत्युदण्डको सजाय

केन्द्रभाग मिडिया

काठमाडौं ।

इन्डोनेसियामा विद्यार्थीहरुलाई बलात्कार गरेको आरोपमा एक जना शिक्षकलाई मृत्युदण्डको सजाय दिइएको छ ।

ती शिक्षकले सन् २०१६ देखि २०२१ को अवधिमा १२ देखि १६ वर्ष उमेर समूहका इस्लाम समुदायका १३ जना छात्राहरुलाई बलात्कार गरेको र आठ जना गर्भवती भएको ठहर अदालतले गरेको छ ।

बाडुङ्गमा अवस्थित एक अदालतले गत फेब्रुअरी महिनामा हेरी विरावन नाम भएका ती शिक्षकलाई आजीवन कैदको सजाय सुनाएको थियो । तर पीडित पक्षले विरोध गर्दै मृत्युदण्डको माग गर्दै अपिल गरेको थियो ।

त्यसपछि सोमबार अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएको छ । अदालतको वेबसाइटमा राखिएको एक विज्ञप्तिमा पनि आरोपीलाई मृत्युदण्डको सजायँ सुनाइएको उल्लेख छ ।

  • २२ चैत्र २०७८, मंगलवार ०९:३१ प्रकाशित