श्रीलंकाका २६ मन्त्रीले दिए सामूहिक राजीनामा

केन्द्रभाग मिडिया

श्रीलङ्कन राष्ट्रपति राजपक्षको भवन बाहिर भएको हिंसात्मक प्रदर्शन

काठमाडौं ।

श्रीलंकाका २६ मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । चरम आर्थिक संकट झेलिरहेको बेला २६ मन्त्रीहरुले सामूहिक राजीनामा दिएका हुन् । श्रीलंकामा संकटप्रति असन्तुष्ट सर्वसाधारण जनताले प्रर्दशन गरिरहेका छन् ।

अति आवश्यक खाद्यान्न, औषधि जन्य पदार्थ लगायतका सम्पूर्ण वस्तुको अभाव भएपछि सर्वसाधारण प्रर्दशनमा उत्रिएका हुन् । पेपरको अभावमा सरकारले परीक्षासमेत स्थगित गरेको छ ।सर्वसाधारण सरकारले लगाएको कर्फ्यूको उल्लंघन गर्दै सडकमा प्रदर्शन उत्रेका छन् ।

केही दिन अघि उनीहरुले प्रधानमन्त्रीको घरअघि ढुंगा प्रहार गर्दै टायर बालेर प्रर्दशन गरेका थिए । दैनिक १० घन्टाभन्दा बढी लोडसेडिङ हुने गरेको छ ।प्रधानमन्त्री महिन्द राजापाक्षेले भने राजीनामा दिएका छैनन् ।

  • २१ चैत्र २०७८, सोमबार ०९:२९ प्रकाशित