श्रीलङ्कामा आन्दोलन रोक्न कर्फ्यु : सेनालाई बिना वारेन्ट पक्राउ गर्ने अधिकार

केन्द्रभाग मिडिया

श्रीलङ्कन राष्ट्रपति राजपक्षको भवन बाहिर भएको हिंसात्मक प्रदर्शन

एजेन्सी ।

श्रीलङ्कामा दैनिक उपभोग्य वस्तुको अभाव भएपछि आन्दोलन चर्किएको छ । चर्किएको आन्दोलन रोक्न कर्फ्यु लगाइएको छ । यस्तै सामाजिक सञ्जालमा पनि प्रतिबन्ध लगाइएको छ ।

हिजो बेलुकी ६ बजेदेखि ३६ घण्टे कर्फ्यु आदेश जारी गरेको श्रीलङ्का सरकारले सामाजिक सञ्जालको पहुँच पनि बन्द गरेको बीबीसीले जनाएको छ । श्रीलङ्कामा फेसबुक, ट्विटर, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल बन्द गरिएका छन् ।

राष्ट्रपति गोटाबाय राजापाक्षेले अधिकारीहरूको लिखित अनुमति बाहेक कुनै पनि सार्वजनिक सडक, पार्क, रेल वा समुद्री किनारमा जान निषेध गरिएको आदेश जारी गरेका छन् ।

प्रदर्शनकारीहरुले बिहिबार राष्ट्रपति भवन नजिकै गाडीमा आगजनी गरेपछि प्रदर्शन रोक्नका लागि देशव्यापी कर्फ्यु आदेश जारी भएको हो । सेनालाई बिना वारेन्ट पक्राउ गर्ने अधिकार दिइएको छ ।

  • २० चैत्र २०७८, आईतवार १४:०१ प्रकाशित