युक्रेनमा देखियो विभत्स दृश्य : २० सर्वसाधरणको शव छरिएको अवस्थामा भेटियो

केन्द्रभाग मिडिया

काठमाडौं ।

युक्रेनको एक सहरमा विभत्स दृश्य देखिएको छ। युक्रेनी सेनाले राजधानी किभनजिकैको बुचा सहरको सडकमा कम्तीमा २० सर्वसाधारणको शव छरिएको अवस्थामा भेटिएको बताएको छ।

सो सहरलाई युक्रेनी सेनाले रुसी फौजबाट हालै आफ्नो नियन्त्रणमा राख्न सफल भएको थियो । फेला परेका २० ओटै शव पुरुषहरूको रहेको बताइएको छ । तीमध्ये एउटा शवको दुबै हात पछाडि बाँधिएको थियो ।

शवहरू राजधानीको उत्तरपश्चिमको आवासीय सडकमा छरिएका थिए । मृत्युको कारण प्रस्ट हुन सकेको छैन । यद्यपि, एक जनाको टाउकोमा ठूलो चोट लागेको थियो ।

राजधानी किभलाई घेरा हाल्ने प्रयास बिफल भएभएछि रुसी फौज किभ नजिकैका धेरै सहरहरूबाट फर्किएको छ भने युक्रेनले बुचा ‘स्वतन्त्र’ भएको घोषणा गरेको छ ।

  • २० चैत्र २०७८, आईतवार ०९:४७ प्रकाशित