मन्त्रिपरिषद निर्णय : तीन डीआईजीको बढुवा

केन्द्रभाग मिडिया

काठमाडौं ।
सरकारले नेपाल प्रहरीका तीनजना डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले डीआईजीहरू वसन्त पन्त, रवीन्द्र धानुक र धीरजप्रताप सिंहलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।बैठकले यौन हिंसाविरुद्धको अध्यादेश जारी गर्ने, तेजाब आक्रमणविरुद्धको अध्यादेश जारी गर्ने निर्णय पनि गरेको छ ।

यस्तै, गोरखापत्र दैनिकको महाप्रबन्धकमा लाल ऐरीलाई नियुक्त गर्ने निर्णय गरिएको एक मन्त्रीले बाह्रखरीलाई जानकारी दिए ।

  • १७ चैत्र २०७८, बिहीबार १२:१२ प्रकाशित