रुपा–७ रामकोटमा सोलार लिफ्टिङ खानेपानीबाट २ हजार जनसंख्या लाभान्वित

केन्द्रभाग मिडिया

पोखरा ।
कास्कीको रुपा गाउँपालिका–७ रामकोटमा सोलार लिफ्टिङ खानेपानी तथा सरसफाइ योजनाको उद्याटन भएको छ । सोमबार एक कार्यक्रमकाबीच पूर्वमन्त्री एवं संघीय सांसद खगराज अधिकारीले योजनाको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै सांसद अधिकारीले पानीको स्रोत संरक्षण मुख्य चुनौतिक विषय रहेको बताए । अधिकारीले स्वस्थ रहन  शुद्ध खानेपानी पिउन आवश्यक रहेको र त्यसकाल लागि शुद्ध खानेपानी खुवाउने अभियान जारी रहेको बताए ।

५ करोड रुपैया लागतमा सम्पन्न आयोजनाले रामकोटमा एक घर एक घारा पुगेको छ,  २ हजार जनसंख्या लाभान्वीत भएका छन् । नेपाल रेडक्रस सोसाईटी कास्कीको अगुवाइमा खानेपानी योजना सन् २०१९ फेब्रुवरीमा सुरुवात भई ३२ महिनामा सम्पन्न भएको थियो ।

रेडक्रस कास्कीले दी युनिका फाउण्डेसन नेदरल्याण मार्फत  योजनाको ६० प्रतिशत आर्थिक स्रोत जुटाएको थियो । भने रुपा गाउँपालिका र स्थानीयले ४० प्रतिशत लगानी गरेका छन् ।

सोमबार नै उक्त आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण समेत गरिएको छ । नेपाल रेडक्रस सोसाईटी कास्की शाखाका अध्यक्ष डोलराज पाण्डेले योजनाको विधान, संस्था दर्ताको प्रमाण पत्र र अन्य सामाग्री सरसफाई समितिका अध्यक्ष दानबहादुर थापालाई हस्तान्तरण गरे ।

उक्त अवसरमा बोल्दै पाण्डेले विपदमा मात्र नभई जहाँ दुख्छ, त्यहाँ रेडक्रस पुग्ने बताए । अबका दिनमा यो खानेपानी योजनालाई सुरक्षा गर्ने मुख्या काम रहेको र निरन्तरता दिनुपर्ने पाण्डेले बताए । सो कार्यक्रममा पाण्डेले रेडक्रस मार्फत एक सय वटा खानेपानी योजना सम्पन्न भएको जानकारी दिए ।

रुपा गाउँपालिका वडा नम्बर ७ का ९ वटा टोलमा ५ वटा सार्वजनिक घारासहित ३१२ वटा धारा जडान भएको प्रोजेक्ट म्यानेजर बबिन नेपालीले जानकारी दिए ।

रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले पालिकामा एक घर एक धारा कार्यक्रमलाई पुरा गर्ने चरणमा रहेको जानकारी दिए । अलिहेसम्म ९५ प्रतिशत घरधुरीमा खानेपानीको घारा पुगेको र वाकीँ घरधुरीमा पनि योजना संचालनमा रहेको ओझाले सो कार्यक्रममा बताए । उनले खानेपानीको उपलब्धता सगै कृषी उत्पादनलाई पनि संगसंगै जोडेर लैजानुपर्ने बताए ।

वडानम्बर ७ का वडाध्यक्ष दयासागर सुवेदीले आर्थिक, प्राविधिक र अन्य सहयोग मार्फत रामकोटमा खानेपानी खुवाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए । विगत २५ वर्ष अगाडीबाट रेडक्रसले सहयोग गदै आएको सुवेदीले स्मरण गरे । मैले गरे भन्दा पनि जनप्रतिनिधिको कामको अपजस जनतासंगै रहेको स्पष्ट पारे ।

दी युनिका फाउण्डेसनकी प्रतिनिधि साहारा बेञ्जनकारले खाने पानी योजना सम्पन्न भएकोमा खुशी व्यक्त गदै आगामी दिनमा आउने प्राविधिक र अन्य समस्या समाधान गर्न पनि सहयोग गर्ने बचन दिइन् ।

प्रति घरधुरीले दैनिक करिब २५० लिटर पानी उपभोग गर्न पाएको उपभोक्ता समितिका सचिव चित्रबहादुर धर्तीले जानकारी दिए ।
कुर्लुङखोलाबाट ४ सय ७९ मिटरको उचाइमा १७ सय मिटर लम्बाइको पाइपबाट दुइ ठाउँमा पम्म गरी पानी रामकोटको शिरानमा पुर्याइएको छ ।

पिउने पानीको हाहाकार भएको रामकोटमा सोलार लिफ्टिङ मार्फत पानी पुगे पछि स्थानीय भने निकै खुशी भएका छन् ।

 

  • १४ चैत्र २०७८, सोमबार २०:०३ प्रकाशित