विदेशमन्त्री ओली र प्रचण्डलाई भेट्दै चिनियाँ विदेशमन्त्री यी

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल भ्रमण रहेका चिनियाँ विदेशमनत्री वाङ यीले शिर्ष नेताहरुसँग भेट गरिरहेका छन् । आज यीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्दैछन् ।

ओलीले बिहान ११ः१० बजे विदेशमन्त्री यीसँग होटल मेरियटमा भेटवार्ता गर्ने भएका हुन् । ओलीले नेपाल–चीन द्विपक्षीय हितबारे छलफल गर्ने बताइएको छ ।

यसपछि नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमन्त्री यीसँग भेटवार्ता गर्ने भएका छन् । भेटवार्ता बिहान ११ः४५ बजे हुँदैछ । उनले पनि नेपाल–चीन द्विपक्षीय हितसँगै बीआरआईबारे छलफल गर्नेछन् ।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग विदेशमन्त्री यीले भेटवार्ता गरिसकेका छन् ।

  • १३ चैत्र २०७८, आईतवार १०:४३ प्रकाशित