चीन जहाज दुर्घटना : ४८ घन्टापछि भेटियो जहाजको ब्ल्याक बक्स

केन्द्रभाग मिडिया

बेइजिङ ।

सोमबार दिउँसो दुर्घटनामा परेको चाइना इस्टर्न एयरलाइन्सको जहाजको ब्ल्याक बक्स भेटिएको छ।

खोजी कार्यमा संलग्न अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले बुधबार दिउँसो ब्ल्याक बक्स भेटिएको जनाएको छ।

सोमबार दुर्घटनामा परेको चाइना इस्टर्न एयलाइन्सको जहाजको ब्ल्याक बक्स खोज्ने काम बुधबार रोकिएको छ। बुधबार बिहान वर्षासँगै दुर्घटनास्थलमा सानो पहिरो पनि खसेकाले खोजी कार्यमा कठिन भएको थियो ।

सोमबार दिउँसो कुनमिङदेखि ग्वान्जाओ उडेको बोइङ ७३७-८०० एनजी मोडलको जहाज दिउँसो जंगलमा दुर्घटनामा परेको थियो।

२९ हजार फिटमाथि उडिरहेको जहाज केही सेकेन्डभित्रै ७ हजार फिटको उचाइमा पुगेको थियो। केहीबेर पाइलटले जहाजलाई फेरि उचाइमा लिन खोजेको फ्लाइटराडारको डाटामा देखिएको छ। पाइलटको प्रयास सफल हुन नसकेपछि जहाज गुआङ्ग्सी प्रान्तको जंगलमा खसेको थियो। जहाजसँगै जंगलमा पनि आगो लागेको थियो।

१२३ यात्रु र ९ जना चालक दलका सदस्यमध्ये अहिलेसम्म कसैको पनि पत्तो लागेको छैन। उनीहरू सबै जलेको हुन सक्ने अनुमान गरिएको छ।

  • ९ चैत्र २०७८, बुधबार १६:०८ प्रकाशित