चीन विमान दुर्घटनाः २४ घण्टा वित्दा पनि यात्रु भेटिएनन्

केन्द्रभाग मिडिया

एजेन्सी ।

हिजो (सोमबार) चीनमा भएको जहाज दुर्घटनामा सवार यात्रुसहित चालक दलका सबै सदस्यको अवस्था अज्ञात छ ।

दुर्घटना भएको २४ घण्टा बित्दा पनि जहाजमा रहेका यात्रु र चालक दलका सदस्यको शव पनि फेला परेको छैन। दुर्घटनापछि जहाज र वरपरको जंगलमा आगलागी भएकाले सबै जना जलेको हुन सक्ने अनुमान गरिएको छ। दुर्घटनामा परेको चाइना इस्टर्न एयलाइन्सको जहाजको ब्ल्याक बक्स र यात्रुको खोजी कार्य आज पनि जारी छ।

समाचार संस्था एपीका अनुसार मंगलबार दिउँसो पनि खोजी कार्य जारी छ। अहिलेसम्म जहाजका टुक्राटाक्री सँगै केही यात्रुका पर्स र आइडी कार्ड भेटिएका छन्। तीन तिरबाट डाँडाले घेरेको दुर्घटना स्थलमा खोजी गर्न अप्ठेरो भइरहेको छ।

जहाजको सबै डाटाहरू हुने ब्ल्याक बक्स पनि अहिलेसम्म भेटिएको छैन। ब्ल्याक बक्स खोज्नका लागि ड्रोनसमेत परिचालन गरिएको छ।ब्ल्याक बक्स भेटिए जहाज के कारणले दुर्घटनामा परेको थियो भन्ने कारण पत्ता लगाउन सजिलो हुन्छ।कुनमिङबाट ग्वान्जाओका लागि उडेको जहाजमा १२३ यात्रु र ९ जना चालक दलका सदस्य थिए।

फ्लाइटराडारको डाटाअनुसार उक्त बोइङ ७३७ जहाजमा २९ हजार फिट माथि उडिरहँदा समस्या देखिएको बताइएको छ।

  • ८ चैत्र २०७८, मंगलवार १४:५० प्रकाशित